फाइल फोटो

राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

By खबरहब

September 04, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । 

साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ । यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। 

त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।