फाइल फोटो

देश/प्रदेश

एसिया कपमा भारतविरुद्ध नेपाल : वीरगञ्ज महानगरका सेवा २ बजेपछि बन्द

By खबरहब

September 04, 2023

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालको खेलका लागि महानगरअन्तर्गत अत्यावश्यक सेवाहरु २ बजेपछि बन्द रहने सूचना जारी गरेको छ ।

सोमबार सूचना जारी गर्दै भारतविरुद्ध नेपालको खेलमा क्रिकेट खेलप्रतिको भावना बढाउन एवम् नेपाली टिमको हौसला बढाउनका लागि २ बजेपछि सेवा बन्द रहने महानगरले जनाएको छ ।

खेल आज श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाँडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।