तस्वीर- क्रिकइन्फो

क्रिकेट

भारत र नेपालबीच खेल हुने रंगशालामा लाग्यो घाम

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र नेपालबीचको खेल हुन लागेको श्रीलंकाको क्याण्डीस्थित पाल्लेकेल्ले रंगशालामा घाम लागेको छ ।

खेल सुरु हुनु ४० मिनेटअघि रंगशालामा घाम लागेको हो ।

आज मौसम खराब भई वर्षाका कारण खेल प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुँदैछ ।

यसअघि गत शनिबार सोही रंगशालामा आयोजित भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो ।