सांकेतिक तस्बिर

देश/प्रदेश

लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

September 04, 2023

काठमाडौँ- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित सोही नगरपालिका ४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म २ प ८४१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।