सांकेतिक तस्बिर

देश/प्रदेश

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

By खबरहब

September 04, 2023

काठमाडौँ- काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौं पठाइएको छ ।