क्रिकेट

एसिया कप क्रिकेटमा नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

खेलको १५ ओभर ६ बलमा नेपालका भीम सार्की आउट भएका हुन् ।

उनलाई भारतीय स्पिनर रवीन्द्र जडेजाले बोल्ड गरे । उनले १७ बलमा ७ रन बनाए ।

सार्कीको स्थानमा कप्तान रोहित पौडेल मैदान प्रवेश गरेका छन् ।