क्रिकेट

एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।