क्रिकेट

एसिया कप क्रिकेट : नेपालले गुमायो पाचौँ विकेट, आशिफ शेख आउट

By खबरहब

September 04, 2023

काठमाडौँ- पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन् ।

उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए । नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो ।

कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए ।