क्रिकेट

भारतविरुद्ध नेपालको १५० रन पूरा

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको १५० रन पूरा भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा ३३ ओभर ४ बलमा सोमपाल कामीले दुई रन लिँदै नेपालका लागि १५० रन पूरा गरेका हुन् ।

१५० रन पूरा गर्दासम्म नेपालले ६ विकेट गुमाइसकेको छ ।