क्रिकेट

एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७ ओभर बल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो ।

३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।