नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्छ, अर्को भाउजुलाई केही भए सिंहदरबार जल्छ : सांसद सिंह

By खबरहब

September 04, 2023

काठमाडौँ- सांसद डा अमरेशकुमार सिंहले अहिले नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको भन्दै कटाक्ष गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको, नेपालकै राजा प्रताप मल्लले रानीलाई खुसी पार्न रानीपोखरी बनाएको र खडक शमशेरले रानीमहल बनाइदिएको चर्चा गर्दै नेपालमा पनि एउटा भाउजुलाई केही भयो भने सरकार गिर्ने र अर्को भाउजुलाई केही भयो भने सिंहदरबार जल्ने अवस्था रहेको टिप्पणी गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले नेपालमा एउटा भाउजुलाई केही भएर सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको व्यङ्ग्य गरेका हुन् ।