क्रिकेट

वर्षाका कारण नेपाल र भारतबीचको खेल पुनः रोकियो

By खबरहब

September 04, 2023

काठमाडौँ – एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

नेपालले दिएको ३३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो । भारतका कप्तान रोहित शर्मा ४ र सुब्मन गिल १२ रन बनाएर क्रिजमा छन् ।

यसअघि श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए । त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए ।