खेलकुद

वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु

By खबरहब

September 04, 2023

काठमाडौं – एसिया कपमा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएर सुरु गरिएको हो ।

भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।