आर्थिक

विश्वकै लामो केबुलकार बन्ने निश्चित 

By खबरहब

October 04, 2023

काठमाडौं– प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले बनाउने भएको छ ।

 भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेड र मुक्तिनाथ दर्शन प्रालिबीच प्रारम्भिक सम्झौता भएको हो । समझदारीपत्रमा मुक्तिनाथ प्रालिका प्रबन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् ।

 मुक्तिनाथले प्रशासनिक र कानुनी प्रक्रिया पुरा गरेपछि तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा के एन्ड आरसँग पूर्ण सम्झौता हुने बताएको छ । इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो । 

सरकारले दुई वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो । ८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।