देश/प्रदेश

साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री पोस्ट गरे प्रहरीको कारवाहीमा परिने

By खबरहब

October 04, 2023

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुग्ने सामग्री पोस्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ । साइबर ब्युरोले बिहीबार सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सवैमा अनुरोध गर्दछ ।’ सूचनामा भनिएको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र व्यक्तिको प्रतिष्ठा तथा आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन र प्रदर्शन नगर्न ब्युरोको आग्रह छ ।