देश/प्रदेश

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा

By खबरहब

November 04, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । गएरातिको भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न उनी अस्पताल पुगेका हुन् ।

आज बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट पुगेका उनले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री दाहालसँगै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको स्वास्थ्य टोली सामग्रीसहित जाजरकोट पुगेको छ । ।