फाइल फोटो

देश/प्रदेश

भूकम्प प्रभावित परिवारका लागि जिल्ला जान निःशुल्क बस

By खबरहब

November 04, 2023

काठमाडौँ- पूर्वअरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

पूर्वअरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एक वटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ ।

बस जडिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ ।

भोलि पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।