फाइल तस्वीर

राजनीति

सर्वदलीय सरकारको पक्षमा छौँ : कोशीका मुख्यमन्त्री कार्की

By खबरहब

November 04, 2023

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषदमा सामेल गराएको स्पष्ट पारे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए ।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गरे । उनले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गरे ।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिए ।