बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी

By खबरहब

December 04, 2023

काठमाडौँ– जर्मन बुण्डेस लिगामा बायर लेभरकुजेन र बोरुसिया डर्टमण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

डर्टमण्डका जुलियन रेयरसन र लेभरकुजेनका भिक्टर बोनीफेसले एक–एक गोल गरेका थिए । डर्टमण्डका रेयरसनले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलको ७९औँ मिनेटमा लेभरकुजेनका बोनीफेसले गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै टोलीलाई एक अंक दिलाए ।

यो बराबरीसँगै १३ खेल खेलेको लेभरकुजेन ३५ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । २५ अंक भएको डर्टमण्ड पाँचौँ स्थानमा छ ।