ब्रेकिङ स्टोरी

हुम्लामा हिमपात, जनजीवन कष्टकर

By खबरहब

December 04, 2023

काठमाडौँ– हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।

काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् ।