देश/प्रदेश

मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात 

By खबरहब

December 04, 2023

मनाङ– मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेकाले स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् । 

हिमपातसँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर बनेको छ । तर यहाँका किसानमा भने खुसी छाएको छ । यसपालि समयमै हिमपात भएका कारण बालीनाली सप्रिने स्थानीयले आँकलन गरेका छन् । 

गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको स्थानीयले बताएका छन् ।