समाचार

साइबर ब्युरोले भन्यो- विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नू

By खबरहब

December 04, 2023

काठमाडौं- वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो ।

सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ ।

ब्युरोले झुटा आश्वासनमा परी  साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।