समाचार

विशेष अदालतका न्यायाधीशहरुद्वारा शपथ ग्रहण

By खबरहब

December 04, 2023

काठमाडौँ– विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्  । 

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को यही मङ्सिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो । 

सो बैठकले सदस्यहरूमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो ।