सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

By खबरहब

December 04, 2023

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो ।

रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडे पछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।