समाचार

एकीकृत समाजवादीको महाधिवेशन माघमा नहुने

By खबरहब

December 04, 2023

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ ।

समाजवादीको आज बसेकोे सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

माघ १४ देखि १८ सम्म महाधिवेशन तय गरेपनि विभिन्न कारणले तयारी गर्न नसकिएको भन्दै उनले मङ्गलवार पुनः सचिवालय बैठक बसेर महाधिवेशनका विषयमा आवश्यक निर्णय लिइने जानकारी दिए ।