समाचार

मेडिकल काउन्सिलको अध्यक्षमा डा.चोपलाल भुसाल नियुक्त

By खबरहब

December 04, 2023

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले आजै स्वास्थ्य मन्त्रालय पुगेर नियक्ति लिएका छन् ।

यसअघि काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल १८ कात्तिकदेखि सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको थियो ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।