खेलकुद

झापा र काठमाडौंले खेले गोलरहित बराबरी

By खबरहब

December 04, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन् ।

आज दशरथ रंगशालामा गोल गर्ने केही अवसरमा पनि गोल नहुँदा झापा र काठमाडौंले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

झापा कप्तान अन्जन विष्ट बिना मैदान उत्रिएको थियो । अघिल्लो खेलमा ल्याण्डिङ गर्ने क्रममा अन्जनको हातमा चोट लागेको थियो । सोही कारण उनी काठमाडौंविरुद्ध मैदानमा भएनन् ।

बराबरी खेल्दै काठमाडौंले ५ अंक जोडेको छ । दोस्रो बराबरीले झापाको पनि २ अंक भएको छ ।