समाचार

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

By खबरहब

December 04, 2023

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ३४ हजार २०६ जनाले आवेदन दिएका छन् ।

सोमबार साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएको सिडिएस जनाएको छ । यो माग भन्दा १.५२ गुणा बढी आवेदन हो ।

हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पहिलो चरणमा आइपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्काशन खुलाएको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।