अपराध

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

December 04, 2023

काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य दुई नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–४ घर भइ काठमाडौंको लाजिम्पाट बस्दै आएका २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं–१४ घर भएका २७ वर्षकै सुरज खड्का रहेका छन् ।

उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।