खेलकुद

इन्टरसिटीमाथि बार्सिलोनाको रोमाञ्चक जित

By खबरहब

January 05, 2023

काठमाडौँ – बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ।

बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए। पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे।

तेस्रो डिभिजन टोलीविरुद्ध बीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो।