खेलकुद

इटालिनय सिरी ए : इन्टर मिलानको पहिलो हार

By खबरहब

January 05, 2023

काठमाडौँ – इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ। इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो।

५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो। पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो।

अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नेपोलीको यो पहिलो हार हो। जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो। १६औं खेलमा इन्टरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

नेपोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो। तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ। पाँचौ स्थानको लाजियोको ३० अंक छ।