काठमाडौं– आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।