ब्रेकिङ स्टोरी

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा हुने

By खबरहब

January 05, 2023

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको हाे ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । उनले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।