ब्रेकिङ स्टोरी

एमाले प्रदेश १ प्रमुख सचेतकमा रेवतीरमण भण्डारी 

By खबरहब

January 05, 2023

विराटनगर– एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो ।

भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद् छन् ।

एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।