सांकेतिक तस्बिर

देश/प्रदेश

कवाडी गोदाममा आगलागी हुँदा ७ लाख बराबरको क्षति

By खबरहब

January 05, 2023

काठमाडौँ– ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ । 

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सूचना पाएको दुई घण्टाभित्र आगलागी नियन्त्रणमा लिइएको उनले बताए । 

विद्युत सट भइ आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ, आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।