फाइल फोटो

राजनीति

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

By खबरहब

February 05, 2023

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौंमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव डा. बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।