खेलकुद

मेस्सी र हाकिमीको गोलमा पीएसजीको जित

By खबरहब

February 05, 2023

काठमाडौँ – फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले टोउलोउसेलाई २-१ गोल अन्तरले पराजति गरेको छ।

टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गर्दा पीएसजीका लागि आचर्फ हाकिमी र लियोनल मेस्सीले एक-एक गोल गरेका थिए।

यो जितपछि पीएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।

टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।