खेलकुद

लिभरपुलमाथि उल्भ्सको सहज जित

By खबरहब

February 05, 2023

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्ससँग ३-० गोलको हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा उल्भ्सको जितमा क्रेग डसन र रुबेन नाभासले एक-एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पाँचौं मिनेटमा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि उल्भ्सले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको १२औं मिनेटमा डसन र ७१ औं मिनेटमा नाभासले गोल गरेका थिए ।

यस जितसँगै उल्भ्स २१ खेलमा २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

लिभरपुल २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।