खेलकुद

एभर्टनसँग आर्सनल पराजित

By खबरहब

February 05, 2023

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा एभर्टनले दोस्रो हाफमा एक गोल गर्दै जित निकालेको हो ।

एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

लिग लिडर आर्सनलको यो सिजनको दोस्रो हार हो । यस हारसँगै आर्सनलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ ।

आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने एभर्टन १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

सन डायस मुख्य प्रशिक्षक नियुक्त भएपछि एभर्टनले पहिलो खेलमै जित निकालेको हो ।