अन्तर्राष्ट्रिय

कोभिडको मारमा जापान लगायत एसियाली देश

By मनोज घिमिरे

February 05, 2023

काठमाडौँ – लामो समय कोभिडको कडा मापदण्ड कायम गरिएको तथा कम मृत्युदर रहेको जापानको अवस्था पछिल्लो समय फेरिएको छ। सन् २०२२ को अन्त्य देखि यता जापानको मृत्यु दर बढ्दो छ। यसै कारण त्यहाँको जनजीवन पनि प्रभावित छ।

जनवरी महिनामा जापानमा अहिलेसम्मकै उच्च मृत्यु दर थियो। यो दर बेलायत, अमेरिका र विगतका कोभिडको मारमा धेरै जना गुमाएका अन्य देशको भन्दा पनि खराब थियो। अक्सफोर्ड विश्वविद्यालयमा जापानको यो तथ्यांक हेर्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ।

जापानले सन् २०२० को सुरुवात देखि गत वर्षको मध्यसम्म सबै विदेशीका लागि आवागमन बन्द झैँ गरेको थियो। जापानले विदेशी पर्यटकका लागि बिस्तारै सीमा खुला गरेको हो। सुरुवातमा प्याकेज टुरको रूपमा कार्यक्रम राखिएको थियो। स्वास्थ्य बिमा अनिवार्य गरिएको थियो।

यस बिचको दुई वर्षको समयमा विद्यालयमा विद्यार्थीहरूले दिउसोको खाना र खाजा खाने समय एक आपसमा बातचित नै बन्द गर्नु परेको थियो। यी धेरै कडाइ र मापदण्डमा खुला गरिए पछि कमजोर स्वास्थ्य हुनेहरू धमाधम सङ्क्रमणको सिकार भएका छन्। यसै कारण जापानका अवस्था अहिले खराब बनिरहेको छ।

पछिल्लो समय मृत्यु हुने मध्ये धेरै जसो प्राय बुढापाका छन्। धेरै जसो कोभिड पछिको सामान्य निमोनियाकै कारण ज्यान गुमाउन थालेका छन्। जापानका माथिल्लो तहका भाइरोलोजिस्ट हितोसी ओसीतानी उपचारका बाबजुद धेरैको ज्यान जोगाउन कठिन भएको छ। उनले बुढ्यौली मुख्य कारण र कोभिड सहायक कारण भएको बताएका छन्।

धेरै जना इम्युन नभइसकेको नयाँ भेरियन्ट तथा सब भेरियन्टका कारण मानिसलाई सङ्क्रमणबाट बचाउन कठिन भएको उनले बर्ताका छन्। सङ्क्रमण रोक्नलाई पुरानो इम्युन सिस्टम असमर्थ हुने अवस्थालाई इम्युन इस्केप भनिन्छ।

ओमिक्रोन भेरियन्ट फैलनु अघि टोकियो र ओसाका जस्ता सहरमा कोभिडको असर धेरै हुने गरेको थियो। यो भेरियन्ट फैलिए पछि ग्रामीण क्षेत्रमा समेत यसको असर देखिन थालेको छ। विश्व स्वास्थ्य सङ्गठनको जापान प्रतिनिधिको रूपमा कार्यरत डा. ओसीतानीले अहिले यी सबै विषयको अध्ययन गरी रहेका छन्।

उनका अनुसार ग्रामीण क्षेत्रमा प्रौढ व्यक्तिको मात्रा अझ धेरै छ। यस कारण त्यहाँ कोभिडका कारण निधन हुनेको सङ्ख्या बढ्दो छ। सन् १९५० या हरेक वर्ष औसत आयु बढी रहेको जापान सबै भन्दा बुढ्यौली भएको देश मानिएको छ।

सामुदायिक क्षेत्रमा नर्सिङ होममा रहेको धेरै प्रौढहरूले भने जस्तो उपचार पाएका छैनन्। टोकियो पोलिसी रिसर्चका संस्थापक सरुवा रोग विशेषज्ञ केन्जी सिबुइयाले यस विषयलाई सरकारका सामु पनि उठाउन जरुरी भएको बताएका छन्।

एकदमै छिटो उपचार गरेमा मृत्युबाट जोगाउन धेरै सम्भव हुने उनी बताउँछन्। तर, जापानले कोभिडलाई धेरै डरलाग्दो रोगको रूपमा सूचीकृत गरेको छ। यसको मतलब निश्चित अस्पतालमा मात्र यसको उपचार हुन्छ। अहिले सङ्क्रमण बढी रहेका कारण ती अस्पताललाई चाप सहनै कठिन छ।

उनले कोभिडलाई अर्को वर्गीकरणमा राख्दै इन्फ्लुएन्जा झैँ उपचार गर्न सही हुने बताएका छन्। जापानका प्रधानमन्त्री फुमिदो कासिदाले पनि यसमा सहमत जनाइसकेका छन्। उनले ८ मेबाट मात्र यो वर्गीकरण सम्भव हुने बताए पछि त्यस समयसम्मको अवस्था कस्तो रहने भन्ने चासो धेरैलाई छ। जापानका कोरोना भाइरस सल्लाहकार सिगेरु ओमीले भने गत वर्ष देखि नै यसमा परिवर्तन गर्नु पर्ने सल्लाह दिँदै आएका थिए।

डा। ओसीतानी र डा। सिबुयाको एउटै कुरामा सहमति छ। लक्षण नदेखिएको तथा सामान्य अवस्थाका व्यक्तिले रिपोर्ट नगरेका कारण सङ्क्रमणको सङ्ख्या गत वर्ष कम देखिएको हुन सक्ने उनीहरूको कथन छ। तर संसारका धेरै देश मध्ये अझै जापान व्यवस्थित भने छ। विश्व स्वास्थ्य सङ्गठन र अक्सफोर्ड विश्वविद्यालयले अहिले पनि जापानबाट दैनिक तथ्यांक पाउने गरेको छ।

जापानका फिजिसियन तथा ग्लोबल पोलिसि इन्स्टिच्युटका चिकित्सक यासुहारु ताकुदुका अनुसार गत वर्षको मध्य देखि जापानमा कोभिडविरुद्धको इम्युनिटी घटेको बताउँछन्। त्यसको केही समय अघि जापानमा सङ्क्रमण दर घटेको थियो। उनको विचारमा भ्याक्सिनेसनबाट आउनु इम्युनिटी भन्दा प्राकृतिक इम्युनिटी बढी महत्त्वपूर्ण र भरपर्दो हुन्छ।

ओसीतानीले भने अस्ट्रेलियाको उदाहरण दिएका छन्। त्यहाँ सिमाना फेरि खुला गरिए पछि एकाएक कोभिडबाट मृत्यु हुनेको सङ्ख्या बढेको थियो। जापानलाई कोभिडको असरलाई हेर्ने विषयमा विज्ञहरू नै दुई ध्रुवमा विभाजित छन्। डा तोकुदा सङ्क्रमण र मृत्यु दर बिस्तारै घट्दै जाने बताउँछन्। डा. ओसितानी अर्को महिनासम्ममा अझ बढ्दै जाने मत व्यक्त गर्छन्।

यस अघि लामो समय जापानमा कोभिडलाई हेर्ने दृष्टिकोणका बारे बहस भएको थियो। जापान सरकारले सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि धेरै कडाइ गरेको थियो भने आर्थिक क्षेत्रमा यसले असर गरेको गुनासो पनि धेरै नै सुनिएको थियो। खासमा पर्यटन क्षेत्रमा यसले असर गरेको थियो। सेप्टेम्बर महिनासम्म पुग्दा त जापानको आर्थिक अवस्था खराब नै भई सकेको थियो। येनको भाउ इतिहासकै सबैभन्दा कम भएका कारण सरकार आत्तिएको थियो।

सन् २०२० मा निर्धारित ओलम्पिक खेल जापानमा एक वर्ष ढिला भएको थियो। तथापि त्यस समयमा पनि विदेशी पर्यटक आउने कुरामा जापानले चासो दिएको थिएन। सन् २०२२ को सेप्टेम्बर अक्टोबरको समयमा पुग्दा जापानको अवस्था फरक भइसकेको थियो। २० हजारबाट बढेर ५० हजार सम्मको पर्यटक आउने अवस्था भइसकेको थियो।

अक्टोबर महिनामा जापानले सीमा खुला गरेको थियो। त्यसै समयमा यस पछि जापानमा इन्फ्लुएन्जा र कमन फलु झैँ नै कोभिड पनि फैलिएको थियो। भ्याक्सिनेसन पछि संसारका धेरै देशमा कोभिडलाई खासै महत्त्व दिइएको छैन। कुनै मापदण्ड अपनाइएको पनि छैन। तर औसत आयु धेरै भएको देशको समस्या भने फरक छ। त्यहाँ प्रौढको सङ्ख्या धेरै नै छ।

यस कारण त्यहाँ ती मापदण्ड अपनाउन जरुरी छ। ती देशमा मास्कलाई चिकित्सकले अझै सुझाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका निर्देशक अधनहोम जेब्रेयसस धेरै देशका सरकारलाई कोभिडसँग सम्बन्धी तथ्याङ्कलाई अद्यावधिक राख्न भनी सकेका छन्।

उनको अनुरोधका बाबजुद ओमिक्रोन भेरियन्ट आइ सके पछि विगतको जस्तो परीक्षण संसारका कुनै पनि देशमा भएका छन्। यो भेरियन्ट धेरै सङ्क्रामक तथा कम घातक भएका कारण धेरै सङ्क्रमितहरूले परीक्षण गराउने गरेका छैनन्।

एसिया जस्तै अर्को दक्षिण एसियाली देश दक्षिण कोरियामा पनि यसको असर देखिएको छ। दक्षिण कोरियाले पनि पछिल्लो समय कडाइलाई कम गराएको हो। दक्षिण कोरियाले ३० जनवरी देखि बन्द कोठामा मास्क अनिवार्यको नियमलाई हटाएको हो। लुनार नयाँ वर्षको समयलाई लक्षित गर्दै त्यहाँको सरकारले यस्तो निर्णय गरेको हो। दक्षिण कोरियामा सङ्क्रमण दर स्थिर भएको भन्दै सरकारले यो निर्णय गरेको हो। तर सबै भन्दा धेरै असर भने पछिल्लो मय चीनमा देखिएको छ।

चीनमा सङ्क्रमण दर मृत्यु दर बढ्दो छ। लामो समय जिरो कोभिड नीतिमा अलमलिएको चीनले त्यसै कारण धेरै आर्थिक क्षति सही सकेको छ भने पछिल्लो सङ्क्रमणका कारण स्वास्थ्य क्षेत्रले केही थेग्नै नसक्ने अवस्था बनेको छ।

(श्रोत : बीबीसी, सीएनएन)