फाइल फोटो

राजनीति

बेपत्ता र मेलमिलाप आयोगको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने कार्यसूची

By खबरहब

February 05, 2023

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।

वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने आजको बैठकमा एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन्।