खेलकुद

रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने

By खबरहब

February 05, 2023

भैरहवा – रुपन्देहीको ओमसतियामा १०औँ नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने भएको छ। नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औँ संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फागुन ९ गते सकिने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ। प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाउँपालिका वडा नम्बर १ को सह प्रायोजनमा हुने प्रतियोगिताको विजेताले २ लाख र उप विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट खेलाडी,  उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ८–८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए।