फाइल तस्वीर

राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा केही दलको टाउको दुख्यो : कांग्रेस उपसभापति गुरुङ

By खबरहब

February 05, 2023

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समस्या समाधानका लागि एकताबद्ध हुन प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दलको टाउको दुखेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा गुरुङले आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दललाई टाउको दुखेको बताएका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको उनले बताए । पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए ।

उनले मुलुकको मुहार बदल्न अब नेता र नेताहरुको सोच बद्लिन जरुरी रहेको धारणा राखे । गुरुङले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचबाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरे ।