तस्वीर- ईपी

राजनीति

अन्तर्राष्ट्रिय साझेदारीका लागि ईयूकी आयुक्त युटा उर्पिलाइनेन बुधबार नेपाल आउँदै

By खबरहब

February 05, 2023

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली युनियन ईयूकी आयुक्त युटा उर्पिलाइनेनले नेपालको भ्रमण गर्ने भएकी छिन् । काठमाडौँस्थित ईयूको दूतावासका अनुसार उनी बुधबार नेपाल आउने कार्यक्रम छ ।

एकदिने नेपाल भ्रमणका क्रममा उनले यहाँका नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम छ ।

नेपालमा अमेरिकाबाट एक पछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका बेला ईयूकी आयुक्त पनि नेपाल आउन लागेकी हुन् । पुष्पकमल दाहालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपालको हरित अर्थतन्त्र, क्षेत्रीय असमानता र सुशासनमा उनको भ्रमण केन्द्रित हुने जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।