राजनीति

अमेरिकी राहदानी कायमै रहेपनि नेपाली नागरिकता लिएको रवि लामिछानेको स्वीकारोक्ति

By खबरहब

February 05, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका हुन् ।

यद्यपि उनले आफूले त्यसको दुरुपयोग भने नगरेको स्पष्ट पारेका छन् ।

उनले अमेरिकाबाट नेपाल फर्केपछि यहीँ बसोबास गर्दा आवश्यक पर्ने कागजातहरु बनाएको बताए ।