राजनीति

प्रतिनिधिसभामा बाधा अड्काउ फुकाउ आदेश पेस

By खबरहब

February 05, 2023

काठमाडौँ- प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषदबाट जारी भएको सो आदेश सदनमा पेस गरेका हुन् ।

आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ । आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।