राजनीति

सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी

By खबरहब

February 05, 2023

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।

सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।