फाइल तस्वीर

राजनीति

सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 05, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताएका हुन् ।

“मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो”, उनले भने, “अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो । उहाँसँग फेरि भेटेर कुरा गर्छु ।”

सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।