साङ्केतिक तस्बिर

समाचार

काभ्रेमा भूकम्प, आसपासका जिल्लामा पनि महसुस 

By खबरहब

March 05, 2023

काठमाडौँ – काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ।

आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।