फाइल तस्वीर

राजनीति

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

By खबरहब

March 05, 2023

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले १० बजे प्रदेश संसदीय दलको कार्यालयमा दलको बैठक बोलाएका हुन् ।

नेकपा एमालेले विश्वासको मत नदिने निर्णय नै गरिसकेको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि मत नदिने बताइरहेको छ।